दफा
प्राज्ञिक परिषद्को गठन

(१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा प्रमुख निकायको रूपमा देहायका सदस्यहरू भएको एक प्राज्ञिक परिषद् हुनेछः–

(क) उपकुलपति अध्यक्ष

(ख) रजिष्ट्रार सदस्य

(ग) डीनहरू सदस्य

(घ) विषय समितिका अध्यक्षहरू मध्येबाट पाँच जना सदस्य

(ङ) सम्बन्धन प्राप्त कलेजबाट दुई जना सदस्य

(२) पदेन सदस्यहरू वाहेक अन्य सदस्यहरूको मनोनयन सभाबाट हुनेछ ।

(३) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।